global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौं महानगरमा शनिबारदेखि धूम्रपान निषेध

काठमाडौं महानगरमा शनिबारदेखि धूम्रपान निषेध

काठमाडौं महानगरमा शनिबारदेखि धूम्रपान निषेध

काठमाडौं महानगरपालिका क्षेत्र आगामी शनिबारदेखि धूम्रपान निषेधित क्षेत्र हुने भएको छ ।

महानगरले आज बिहीबार सार्वजनिक सूचना जारी गरी ‘असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध’ लगाइएको जानकारी दिएको छ ।

अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ । सरकारले २०६८ सालमा नै सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन र नियमावली ल्याएको थियो ।

प्रकाशित समय : ०९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु