गृहपृष्ठ चिनियाँ जनकंग्रेस अध्यक्ष ली फर्किए
चिनियाँ जनकंग्रेस अध्यक्ष ली फर्किए
नेपालको चारदिने औपचारिक भ्रमण पूरा गरी चीनको राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सु स्वदेश फर्किएका छन् । उनी विशेष विमानमार्फत बिहिबार स्वदेश फर्किएका हुन् ।
उनलाई बिहान ८ः५० बजे सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा ली यही भदौ २७ गते नेपाल आएका थिए । यहाँ रहँदा उनले सभामुख सापकोटासहित विशिष्ट व्यक्तित्वहरूसित औपचारिक भेटवार्ता गरेका थिए ।
त्यसक्रममा अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर समेत गरिएको थियो ।
प्रकाशित समय : ०९:४१ बजे

















