काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वातावरण संरक्षण तथा जलवायु परिवर्तन राष्ट्रिय परिषदको विज्ञ सदस्यमा डा.रेग्मी नियुक्त

10.54K
shares

सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदलाई पूर्णता दिएको छ ।

वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद गठन गर्ने व्यवस्था रहेको छ । परिषदको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ । सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले परिषदको गठन गरेका छन् ।

परिषदको विज्ञ सदस्यमा डा. बिमल रेग्मी नियुक्त भएका छन् । जलवायु परिवर्तन तथा अनकुलनमा विद्यावारिधि गरेका रेग्मीले दुई दशकभन्दा बढी समय जलवायु परिवर्तन, जैविक विविधतामा काम गर्दै हाल उनले अक्सफोर्ड पोलिसि म्यानेजमेन्ट नेपालमार्फत सरकारलाई जलवायु परिवर्तन तथा अनुकुलनका नीतिगत सुधारमा काम गर्दै आएका छन् ।