काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

श्रीलंकामाथि नेपालको सानदार जित

9.2K
shares

महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताम नेपालले लगातार दोस्रो जीत हात परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलंकालाई ६–० गोलअन्तर पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो । यसअघि नेपालले भुटानलाई पराजित गरेको थियो । यो जितसँगै नेपाल सेमिफाइनलमा पुगेका छ ।

नेपालको जीतमा सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दीपा शाही एक÷एक गोल गरे भने अमिशा कार्कीले दुई गोल गरिन् । सरुले खेलको १०औँ मिनेटमा गोल गरिन् भने रश्मीले खेलको ११औँ मिनेटमा गोल गरिन् ।

अमृताले खेलको १७औँ मिनेटमा गोल गर्दा दीपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरिन् । नेपालकी अर्की खेलाडी अमिशाले खेलको ७६औँ मिनेट र दोस्रो हाफको अतिरिक्त समयमा गोल गरिन् ।