काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बारेकोट फेरि पहिलो

16.57K
shares

जाजरकोटमा स्वास्थ्य क्षेत्रको सेवा प्रवाहका हिसाबले बारेकोट गाउँपालिका फेरि पहिलो भएको छ । भाद्र २३ देखि  २४ सम्ममा संचालित आर्थिक वर्ष २०७८/०७९ को जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीबाट सेवा प्रवाहका हिसाबले बारेकोट पहिलो भएको हो ।

समीक्षा गोष्ठीमा विभिन्न ४३ वटा सूचकहरुको मूल्यांकनबाट ६६.७१ अंक ल्याएर बारेकोट प्रथम भएको हो । यस्तै नलगाड नगरपालिका दोस्रो भएको छ । नलगाडले ६३.०९ अंक प्राप्त गरेको हो । ५९.५३ अकंसहित कुशे गाउँपालिका तेस्रो भएको छ ।

विगत तीन वर्षदेखि सेवा प्रवाहका हिसाबले बारेकोट गाउँपालिका प्रथम हुँदै आएको छ । यो वर्ष पनि पहिलो भएको हो ।

यो साखलाई बचाउन बारेकोटका स्वास्थ्यकर्मी निरन्तर लागिरहने बारेकोट स्वास्थ्य शाखा सह–संयोजक डम्बर बिक्रम कार्कीले बताए । उनले भने – ‘हामीसँग कुनै बेला स्रोत साधनको अभाव थियो । औषधि अभाव हुन्थ्यो । बारेकोटमा सिटामोल समेत पाउन कठिन हुने गरेको थियो । तर, अहिले लामो प्रयास र गाउँपालिकाको साथ सहयोगले बारेकोटसँग औषधिको अभाव छैन । सेवा प्रवाहमा गुनासोहरु आएका छैनन । आएका गुनासोहरुलाई सकेसम्म सम्बोधन गरिरहेका छौं । हामीले भरपुर रुपमा सेवा प्रवाह गरिरहेका छौं । यसैमा हामी स्वास्थ्यकर्मी अन्तुष्ट छौं । यसलाई बचाइराख्न हामी लागिरहने छौँ ।’

बारेकोटको स्वास्थ्य क्षेत्रलाई अझै प्रभावकारी बनाउन सबैको सहयोग रहनुपर्ने कार्कीको भनाइ छ – ‘हामी अहिले प्रथम आउनुमा गाउँपालिकाको सहयोग उत्तिकै रह्यो । सहकर्मीहरु त्यसरी नै खटिनु भएको छ । अझै यसलाई प्रभावकारी बनाउन गाउँपालिका र सरोकारवाला निकायहरुको हाम्रो शाखालाई साथ सहयोग चाहिन्छ । अहिलेसम्म भएको छ । अझै चाहिन्छ ।’

स्वास्थ्य कार्यक्रमहरुका विभिन्न सूचाङ्कहरुले बारेकोट पहिलो भएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका तथ्यांक सहायक टेकबहादुर घर्तीले जानकारी दिए । गएको शुक्रबार जिल्ला सदरमुकाममा एक कार्यक्रम गरेर प्रमाण–पत्रहरुको वितरण गरिएको थियो ।

शुक्रबार सम्पन्न गोष्ठी कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक नवराज कँडेल, जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्री लगायत नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखहरुको उपस्थिती थियो ।