global ime bank Long Banner Ad

गृहपृष्ठ रोमलालले डिसहोमबाट जिते एक लाख

रोमलालले डिसहोमबाट जिते एक लाख

रोमलालले डिसहोमबाट जिते एक लाख

स्याङ्जा गल्याङ नगरपालिका– ११ का रोमलाल अधिकारीले डिसहोमबाट एक लाख नगद जितेका छन् । उनले डिसहोममा १ वर्षको रिचार्ज गर्दा उनले उक्त रकम जितेका हुन् ।

वडा नम्बर ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगर, डिलर सञ्चालक गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिसहोमको तर्फबाट अफिसर राजाराम पौडेल, खेम राज देवकोटाको उपस्थीतिमा, क्षेत्रिय सेल्स म्यानेजर, प्रदिप सुवेदीले उक्त जितेको पुरस्कार वितरण गरेका थिए ।

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाईने यो योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत तथा कुनैपनि मोवाईल पेमेन्ट सर्भिसबाट १ बर्षको रिचार्ज गर्दा २ बर्षको लागी टेलिभिजन हेर्न पाउनुका साथै हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर थियो ।

विजेता अधिकारीलाई वधाई दिदै सम्पुर्ण डिसहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाइ लाभ लिन कम्पनीले अनुरोध समेत गरेको छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिसहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी।, नेपाः च्यानल, र डिसहोम सोकेसमा आउने गरेको छ ।

प्रकाशित समय : १७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु