global ime bank Long Banner Ad

गृहपृष्ठ भिभो भी–२५ सिरिजको बिक्री सुरु

भिभो भी–२५ सिरिजको बिक्री सुरु

भिभो भी–२५ सिरिजको बिक्री सुरु

भिभोले आज भी सिरिजअन्तर्गत आफ्नो नयाँ स्मार्टफोन भी २५ सिरिज नेपालमा सार्वजनिक गरेको छ । भिभोले प्रि–बुकिङका लागि उपलब्ध गराएको ४ दिनमा ६ सय भन्दा बढि भी२५ सिरिजको प्रि–बुकिङ भएको छ । भी२५ र भी२५ई दुबैमा रंग परिर्वतन हुने ग्लास प्रविधि छ जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमा पर्दा रङ परिवर्तन हुन्छ । यसका साथै, दुबै स्मार्टफोनमा फ्लोराइट एजी ग्लास प्रयोग गरिएको छ जसले फोनलाई अझ बढि आकर्षक बनाउने भिभो नेपालले जनाएको छ ।

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, “भिभोमा हामी युवा प्रयोगकताहरुका लागी नवीनतम, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन समायोजन गरेर उनीहरुको व्यक्तित्व झल्काउने स्मार्टफोन प्रदान गर्दछौं । भिभोको वर्षौंको अनुसन्धान र नवीनताको संयोजक भी२५ सिरिजमा यी सबै विशेषताहरु छन् जसले प्रयोगकर्ताहरुको व्यक्तित्व अझ झल्काउनेछ । साथैं हामीले ग्राहकहरुका लागि दशैं तिहार योजना ल्याएका छौं जसमा ग्राहकहरुले हरेक भिभो मोबाइलको खरिदमा आकर्षक उपहार जित्न सक्नेछन् ।”

भिभोले भदौं २३ गते देखि “दशैं तिहार भिभोको साथमा उपहार हातमा” योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले हरेक भिभो फोनको खरिदमा, २ जनाले भी२५ फाइभजी जित्न सक्नेछन, त्यस्तै हरेक हप्ता १ जनाले वाई१५सी जित्न सक्नेछन् ।

हरेक दिन एक जनाले भिभोको टीडब्लूएस २ई नेकब्यान्ड, हरेक दिन ३ जनाले एनकरको यू२आई नेकब्यान्ड र ४ जनाले भिभो फुटबल तथा ३० हजार माथिको फोन खरिदमा सियोर सटमा ६ महिनाको वारेन्टी पाउँन सक्नेछन् । यो योजना कात्तिक १४ गतेसम्म लागू हुनेछ ।

भी२५ सिरिजका दुवै स्मार्टफोनमा शक्तिशाली ४५०० एमएएच ब्याट्री रहेको छ जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसमा डबल एक्सपोजर, डुअल भ्यू भिडियो, ९० हर्ज अल्ट्रा भिजन स्क्रिन लगायतका विशेषताहरु छन् ।

भी२५ फाइभजी –अक्वामेरिन ब्लु र डायमण्ड ब्ल्याकमा रु ५२,९९९ उपलब्ध छ र भिभो भी२५ई –सनराइज गोल्ड र डायमण्ड ब्ल्याकमा रु ४२,९९९ मा उपलब्ध छ ।

प्रकाशित समय : १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु