global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रियसभाका चारवटै विषयगत समितिका सभापतिले लिए शपथ

राष्ट्रियसभाका चारवटै विषयगत समितिका सभापतिले लिए शपथ

राष्ट्रियसभाका चारवटै विषयगत समितिका सभापतिले लिए शपथ

राष्ट्रियसभाअन्तर्गत गठित चारवटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले शपथ लिएका छन् । राष्ट्रिय सभाका माननीय सभापतिज्यूहरूको शपथ ग्रहण कृषि समितिको हलमा भएको थियो ।

निर्विरोध निर्वाचित विषयगत समितिका सभापतिहरूलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराएका थिए ।

शपथ लिनेमा दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ, विधायन व्यवस्थापन समिति सभापति डा.बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा छन् ।

प्रकाशित समय : १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु