global ime bank Long Banner Ad

गृहपृष्ठ सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

बिहीबार प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको हो । १७ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफूमाथि सन्दीपले बलात्कार गरेको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।

राति ११ बजेर ५५ मिनेटमा सन्दीपले नाबालिगलाई एयरपोर्टस्थित होटल ‘काठमाडौँ इन’मा लगेर पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ ।

घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ । होटल काठमाडौँ इनको सीसीटीभी फुटेज प्रहरीले संकलन गरिसकेको छ । जसमा सन्दीप किशोरीसँग देखिएका छन् । फुटेजमा उनीहरू राति ११ः४५ बजे होटल प्रवेश गरेको देखिएको छ । बिहान ६ः५५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको छ ।

सन्दीप यतिबेला क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।

प्रकाशित समय : १७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु