गृहपृष्ठ प्रचण्डले भने– मलाई सिध्याउन खोज्नेहरू जनयुद्धदेखि नै सक्रिय छन्
प्रचण्डले भने– मलाई सिध्याउन खोज्नेहरू जनयुद्धदेखि नै सक्रिय छन्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताएका छन् ।
महासचिव चयनमा असन्तुष्टि जनाउँदै हिजो अखिल क्रान्तिकारीको कार्यक्रममा जनार्दन शर्माले प्रचण्डको आलोचना गरेको भोलिपल्ट उनको अभिव्यक्ति आएको हो ।
बिहीबार काठमाडौँमा सहित सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा प्रतिक्रियावादीसँगको संघर्षकै कारण माओवादी र आफूमाथिको प्रहार नरोकिएको बताएका हुन् ।
माओवादीलाई अस्थिरतको कारण देखाएर प्रचण्डलाई सिध्यानुपर्छ भन्नेहरू सक्रिय रहेको अध्यक्ष प्रचण्डको दाबी छ । ‘जनयुद्धपछिको सम्झौता तात्कालीन आवश्यकता हो । बाँकी रहेका एजेन्डा पूरा गर्नका लागि म निरन्तर संघर्षमा छु,’ उनले भने ।
प्रकाशित समय : १७:४८ बजे



















