global ime bank Long Banner Ad

गृहपृष्ठ बाँडफाँटको अधुरो प्रतिवेदन बुझाउँदै कार्यदल, बाँकी जिम्मा देउवा–प्रचण्डको

बाँडफाँटको अधुरो प्रतिवेदन बुझाउँदै कार्यदल, बाँकी जिम्मा देउवा–प्रचण्डको

बाँडफाँटको अधुरो प्रतिवेदन बुझाउँदै कार्यदल, बाँकी जिम्मा देउवा–प्रचण्डको

सत्ता गठबन्धनमा आवद्ध पाँच दलबीच प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमा भागबण्डा टुंग्याउने गरि गठन भएको कार्यदलले अपुरो प्रतिवेदन बुझाउने भएको छ ।

आज बिहान नौ बजे बस्ने कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नेतालाई बुझाउने तयारी भएको कार्यदलका एक सदस्यले बताएका छन् ।

गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । नेपाली कांग्रेसका पूर्वमहानमन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको थियो । तर सहमति नजुट्दा निर्धारित समयसीमामा कार्यदलले प्रतिवेदन बुझाउन सकेन ।

स्रोतका अनुसार प्रतिनिधि सभामा कुल १६५ सिटमध्ये बुधबारसम्म ८८ सिटमा मात्र समझदारी जुटेको छ । बाँकी सिटमा सहमति जुटाउने प्रयास आज बिहानको बैठकमा पनि हुने छ ।

यदि सहमति नजुटे बाँकी कामको जिम्मा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिने गरी कार्यदलले प्रतिवेदन बुझाउने तयारी भइरहेको स्रोतको भनाइ छ ।

प्रकाशित समय : ०७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु