गृहपृष्ठ अफगानिस्तानविरुद्ध पाकिस्तान चम्किँदा भारत बाहिरियो
अफगानिस्तानविरुद्ध पाकिस्तान चम्किँदा भारत बाहिरियो

एसिया कप २०२२ को फाइनल पाकिस्तान र श्रीलंकाबीच हुने भएको छ । पाकिस्तानले बुधबार भएको सुपर–४ को खेलमा अफगानिस्तानलाई एक विकेटले हराएपछि फाइनल समीकरण पूरा भएको हो ।
यस नतिजापछि अफगानिस्तानसँगै भारत पनि प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि १ सय ३० रनको लक्ष्य पाएको पाकिस्तानले १९.२ ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन बनाएको हो ।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो ।
अफगानिस्तानविरुद्ध चम्किएको पाकिस्तान प्रतियोगिताको फाइनलमा पुग्दा भारत भने बाहिरिएको छ । यसअघि श्रीलंकासँग पराजित भारत प्रतियोगिताबाटै आउट भएको हो ।
प्रकाशित समय : ०८:१२ बजे