गृहपृष्ठ साफ यू–१७ च्याम्पियनसीपको अन्तिम चारमा नेपाल
साफ यू–१७ च्याम्पियनसीपको अन्तिम चारमा नेपाल

नेपाल श्रीलंकामा भइरहेको साफ यू–१७ च्याम्पियनसीपको सेमिफाइनल पुगेको छ । नेपालले बुधबार भएको खेलमा भुटानलाई २–१ ले पराजित गरेको हो ।
कोलम्बोको रेस कोर्समा भएको खेलमा नेपालका लागि उनेश बुढाथोकी र सीमान्त थापाले १÷१ गोल गरे ।
भुटानका लागि जेत्सुन दोर्जीले एक गोल फर्काए । उनेशले १३ औं मिनेटमा गोलको खाता खोलेपछि सीमान्तले ५७ औं मिनेटमा दोस्रो गोल थपे । दोर्जीले ६८ औं मिनेटमा आफ्नो टिमका लागि गोल गरे ।
यो जितपछि नेपालसँगै भारत पनि प्रतियोगिताको समूह ‘बी’ बाट सेमिफाइनल पुगेको छ । यसअघि भारतले भुटानलाई ३–० ले पराजित गरेको थियो । भुटान भने दुवै खेल गुमाएर प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह विजेताका लागि शुक्रबार नेपालले भारतको सामना गर्दैछ ।
प्रकाशित समय : ०९:०३ बजे