काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महानगरको अल्टिमेटमपछि म्यारियटको क्यासिनोले बुझायो सम्पत्ति कर

10.16K
shares

काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेपछि म्यारियट होटलको डेल्टिन क्यासिनोले कर बुझाएको छ । काठमाडौं महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार वडा नम्बर १ मा रहेको म्यारियट होटलको डेल्टिन क्यासिनाले १९ लाख ३७ हजार रुपैयाँ कर बुझाएको हो ।

आचार्यका अनुसार क्यासिनोले जरिबाना बाहेकको मात्रै रकम तिरेको हो । क्यासिनो सञ्चालकले जरिबानाको हिसाब गरिरहेको भन्दै कर मात्रै तिरेको उनले बताए ।

१९ भदौमा काठमाडौं महानगरपालिकाको राजस्व विभागले ७ दिनभित्र जरिबानासहित मनोरञ्जन कर तिर्न ७ वटा स्टार होटलका क्यासिनोहरुलाई निर्देशन दिएको थियो । म्यारियटबाहेक अन्य होटलहरुले भने अहिलेसम्म तिरेका छैनन् ।