global ime bank Long Banner Ad

गृहपृष्ठ राजेन्द्र लिङ्देनले दिए सांसदबाट राजीनामा

राजेन्द्र लिङ्देनले दिए सांसदबाट राजीनामा

राजेन्द्र लिङ्देनले दिए सांसदबाट राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदाबाट राजीनामा दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताए । आउने संसदमा आफ्नो दलको प्रभावकारी उपस्थितिका लागि देशभर हिँड्नुपर्छ भनेर आउन छाडेको उनले सुनाए । तर, पछिल्लो समय सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको उनले बताए ।

उनले आजको मितिबाट नै आफ्नो नाममा आउने तलब तथा भत्ता समेत रोक्का गर्न उनले सभामुखसमक्ष आग्रह गरे ।

उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापाबाट निर्वाचित भएका थिए ।

प्रकाशित समय : १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु