गृहपृष्ठ बेलायतमा चुनाव : लिज ट्रसले ऋषि सुनकलाई पछि पार्लान् ?
बेलायतमा चुनाव : लिज ट्रसले ऋषि सुनकलाई पछि पार्लान् ?
बेलायतमा कन्जरभेटिभ पार्टीको नेतृत्वको चुनावमा मतदान सम्पन्न भएको छ । भारतीय मूलका सांसद ऋषि सुनक र विदेशमन्त्री लिज ट्रसबीच नेतृत्वका लागि प्रतिष्पर्धा भइरहेको छ । प्रारम्भिक सर्वेक्षणमा लिज बोरिस जोनसनको उत्तराधिकारी बन्ने देखाइएको छ ।
विदेश मन्त्री ट्रस र पूर्वअर्थमन्त्री सुनक बीचको नतिजा सोमबार दिउँसो घोषणा गरिनेछ । नतिजा सार्वजनिक भएको भोलिपल्ट बोरिस जोनसनले औपचारिक रूपमा महारानी एलिजाबेथ द्वितीयसमक्ष राजीनामा दिनेछन् ।
कन्जरभेटिभ पार्टीको नेता चयनको प्रक्रिया छनोट कार्य अगस्टबाट सुरु भएको थियो । छनोटका विभिन्न चरणमा अनुमानित २ लाख कन्जरभेटिभ पार्टीका सदस्यहरूले मतदान गरेका थिए ।
मतदानमा सुनकलाई भन्दा ४७ वर्षीय ट्रसलाई निरन्तर समर्थन गर्दै आएका छन् । उनले कर घटाउने र आर्थिक वृद्धिलाई प्राथमिकता दिने अभियान गरेकी छन । बेलायतले दशकौंपछिको उच्च मुद्रास्फीतिको सामना गरिरहेको छ र यस वर्षपछि मन्दीमा प्रवेश गर्ने संकेत गरिएको छ ।
‘मसँग एउटा साहसी योजना छ जसले हाम्रो अर्थतन्त्रलाई बढाउँछ, उच्च पारिश्रमिक, परिवारहरूको लागि थप सुरक्षा र विश्वस्तरीय सार्वजनिक सेवाहरू प्रदान गर्दछ’, ट्रसले एक विज्ञप्तिमा भनेकी छन् ।
प्रकाशित समय : १५:३५ बजे



















