global ime bank Long Banner Ad

गृहपृष्ठ एनआइसी बैंकको एपमार्फत नि:शुल्क रेमिट्यान्स पठाउन सकिने

एनआइसी बैंकको एपमार्फत नि:शुल्क रेमिट्यान्स पठाउन सकिने

एनआइसी बैंकको एपमार्फत नि:शुल्क रेमिट्यान्स पठाउन सकिने

एनआइसी एशिया बैंकले दसैं, दीपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म नि:शुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ ।

बैंकले २०७९ भदाै १५ देखि कात्तिक १५ सम्म लागू हुनेगरी ल्याएको यस नयाँ योजनामा बैंकका ग्राहकले एनआइसी एशिया एमओबैंक प्रयोग गरी एक ठाउँबाट अर्को ठाउँ नि:शुल्क रुपमा रकम पठाउन सक्ने जनाएको छ ।

सेल्फ हेल्प बैंकिङकाे अवधारणाअनुरुप एनआइसी एशिया मोबैंकमार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहकले आफ्नो परिवार, आफन्त वा साथीहरूलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा रेमिट रकम सहज रुपमा पठाउन सक्ने छन् । यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एनआइसी एशिया मोबैंकभित्र रहेको ‘आइरेमिट’ आइकनमा ट्याप गरेपश्चात पठाउन चाहेको रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिटेन्स पठाउन सक्ने बैंकले जनाएको छ ।

यसरी दैनिक अधिकतम २५ हजार रुपैयाँसम्म रकम पठाउन सकिने बैंकले जनाएको छ । बैंकका अनुसार यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टबाट रकम सहजै झिक्न सकिने छ ।

डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिटेन्स पठाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नुका अलावा समयको बचत गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित समय : १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु