global ime bank Long Banner Ad

गृहपृष्ठ थप २५७ जनामा कोरोना पुष्टि, ३ हजार १४६ पुग्यो संक्रिय संक्रमितको संख्या

थप २५७ जनामा कोरोना पुष्टि, ३ हजार १४६ पुग्यो संक्रिय संक्रमितको संख्या

थप २५७ जनामा कोरोना पुष्टि, ३ हजार १४६ पुग्यो संक्रिय संक्रमितको संख्या

पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९२१ जनाको परीक्षणमा २५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार १ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा १४३ जना र २ हजार ४६३ जनाको एन्टिजेन परीक्षण गर्दा १४४ जनामा संक्रमण देखिएको हाे । पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १४६ पुगेको छ । जसमध्‍ये २ हजार ९९१ जना होम आइसोलेसनमा रहेका छन् भने १५५ जना संस्थागत आइसोलेसन र ४० जना आईसीयूमा छन् । यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाभित्र काेराेनाका कारण कसैकाे पनि ज्यान गएकाे छैन ।

प्रकाशित समय : १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु