global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालले दियो केन्यालाई १७६ रनको लक्ष्य

नेपालले दियो केन्यालाई १७६ रनको लक्ष्य

नेपालले दियो केन्यालाई १७६ रनको लक्ष्य

नेपालले पाँचौं तथा अन्तिम टी-२० अन्तराष्ट्रियमा घरेलु टोली केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएकाे हाे ।

नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरेका हुन् । ज्ञानेन्द्रको यो टी-२० अन्तराष्ट्रियमा दोस्रो अर्धशतक हो ।

यस्तै रोहित पौडेलले ४७ रन बनाए । अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए । आदिल आलमले ७ बलमा ४ रन तथा पवन सरार्फले २ बलमा १ रन बनाए । विवेक यादबले २ बलमा २ रन बनाए तथा करण केसीले २ बलमा २ रनका साथ अविजित रहे । केन्याका शेम एन्गोचे, भिराज पटेल र निहिमिह्या ओढियाम्हो २/२ विकेट लिए । लुकास ओलुओचले १ विकेट लिए ।

पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो । ४ खेल सकिँदा सिरिज २-२ को बराबरीको अवस्थामा रहेको छ । यस खेल जित्नेले सिरिज जित्नेछ ।

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु