nmb bank

गृहपृष्ठ सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा सुनकाे मूल्य घट्ने क्रम आज पनि जारी छ । सोमबार छापावाल र तेजावी सुनमा प्रतितोला ६ सय रुपैयाँले मूल्य घटेको हो ।

सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार आइतबार छापावाल सुन प्रतितोला ९५ हजार १ सय र तेजाबी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । याे मूल्य गत शुक्रबारकाे तुलनामा ७ सय रूपैयाँले घटेकाे हाे ।

सोमबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु