nmb bank

गृहपृष्ठ स्रोत नखुलेको ४ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको ४ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको ४ लाखसहित एक जना पक्राउ फाइल फोटो

 

मोरङ : विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको ४ लाख ५१ हजार ९ सय रूपैयाँसहित एकक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा साघुरीगडी गाउँपालिका–३ बस्ने ६४ वर्षीय कर्ण बहादुर राई रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका कर्ण बहादुरलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाउने पहल भइरहेको छ ।

प्रकाशित समय : १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु