nmb bank

गृहपृष्ठ केन्याविरुद्ध टी-२० सिरिज कब्जाको योजनामा नेपाल

केन्याविरुद्ध टी-२० सिरिज कब्जाको योजनामा नेपाल

केन्याविरुद्ध टी-२० सिरिज कब्जाको योजनामा नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु टोली केन्याविरुद्ध चौंथो टी-२० अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल आज एक खेलअघि नै सिरिज कब्जा गर्ने योजनामा हुनेछ । पाँच खेलको सिरिजमा नेपाल २-१ ले अघि रहेको छ । आइतबार भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको हो ।

त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-२० मंगलबार हुनेछ । टी-२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

प्रकाशित समय : ०९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु