nmb bank

गृहपृष्ठ समानुपातिक निर्वाचनमा ७६ दल, कुन प्रदेशमा कति ?

समानुपातिक निर्वाचनमा ७६ दल, कुन प्रदेशमा कति ?

समानुपातिक निर्वाचनमा ७६ दल, कुन प्रदेशमा कति ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा समानुपातिकतर्फ भाग लिन ७६ दलले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।

समानुपातिकतर्फको दल दर्ताका लागि आइतबारसम्म दिइएको समयावधिमा प्रतिनिधि सभातर्फ ६८ निवेदनमार्फत ७६ दलले दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले दल दर्ताका लागि भदौ १० देखि १२ गतेसम्मको समय दिएको दिएको थियो ।

प्रदेश सभातर्फ भने प्रदेश १ मा ५५ निवेदनमार्फत ६३ दलले आवेदन दिएका छन् । मधेश प्रदेशमा ५९ निवेदनमार्फत ६७ दल, बागमती प्रदेशमा ५८ निवेदनमार्फत ६६ दल र गण्डकी प्रदेशमा ५२ निवेदनमार्फत ६० दलले दल दर्ताको निवेदन दिएका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा ५४ निवदेनमार्फत ६२ दल, कर्णाली प्रदेशमा ४९ निवेदनमार्फत ५७ दल र सुदूरपश्चिम प्रदेशमा ५० निवेदनमार्फत ५८ दलले निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाकारी दिए ।

प्रकाशित समय : ०९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु