काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१६ अंकले घट्यो नेप्से

11.66K
shares

साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

बिहीबार १८ अकंले घटेको नेप्से आज १६.९३ अंकले घटेको छ । आज ०.८३ प्रतिशतले घटेर नेप्से २०२२.६२ को बिन्दुमा झरेको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले घटेर ३९१.७४ को बिन्दुमा पुगेको छ ।

दुई घण्टा खुला रहेको बजारमा २१३ कम्पनीका ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर किनबेच भएको छ ।

उक्त समयमा आज १ अर्ब २९ करोड ४३ लाख ३२ हजार ८२० रुपैयाँ बराबरको कारबोर भएको छ ।

आज १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको समूहगत सूचक घटेको छ भने लाइफ इन्स्योरेन्स कम्पनीको समूहगत सूचक बढेको छ ।