गृहपृष्ठ प्रचण्डले भने– नागरिकता विधेयक पारित हुन्छ
प्रचण्डले भने– नागरिकता विधेयक पारित हुन्छ
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले नागरिकता विधेयक पुनः प्रक्रियामा गएको छ, अब पारित हुन्छ ।
अध्यक्ष प्रचण्डले नागरिक विधेयकको प्रक्रियाका विषयमा राष्ट्रपतिले नेपाली सेनाका अधिकृतसँग गरेको छलफल सामान्य रहेको पनि बताए । उनले भने, ‘विधेयक प्रक्रियामा गइसकेको छ, त्यो पारित हुन्छ र राष्ट्रपतिले पनि प्रमाणीकरण गर्नुहुन्छ ।’
अध्यक्ष प्रचण्डले यतिखेर देशमा राजनीतिक संकट आउने जस्तो गरेर हल्ला गरिएको भन्दै तर बाहिर हल्ला भएजस्तो मुलुकमा संकट नआउने स्पष्ट गरे ।
उनले भने, ‘बाहिर त केके संकट आउने जस्तो हल्ला गरिएको छ, तर त्यस्तो केही होइन, हुँदैन ।’ आगामी निर्वाचनका लागि पाँच दलभित्र एक सय ६५ वटै निर्वाचन क्षेत्रमा गठबन्धन हुने पनि उनले स्पष्ट पारे । उनले १५ दिनभित्र सिटको बाँडफाँड भइसक्ने जानकारी दिए ।
प्रकाशित समय : १५:५८ बजे