global ime bank Long Banner Ad

गृहपृष्ठ रोहित चन्द सम्मिलित केडिरीको पाँचौँ हार

रोहित चन्द सम्मिलित केडिरीको पाँचौँ हार

रोहित चन्द सम्मिलित केडिरीको पाँचौँ हार

 

इन्डोनेसियन लिगा वानमा नेपाली राष्ट्रिय फुटबलर रोहित चन्दको टिमले पाँचौँ हार ब्योहोरेको छ ।

मंगलबार भएको खेलमा रोहितको टिम पर्सिक केडिरी पीएसएस स्लेमानसँग २–० ले पराजित भएको हो । पिएसएस स्लेमानको जितमा इर्खाम मिल्ला र किम कुर्नियावानले एक–एक गोल गरे ।

स्लेमानले पहिलो हाफको अन्तिम मिनेटमा मिल्लाले गरेको गोलबाट अग्रता लिएको थियो । यस्तै, खेल सकिन चार मिनेट बाँकी रहँदा कुर्नियावानले अग्रता दोब्बर पारेसँगै पिएसएस स्लेमानले जित निश्चित गर्यो । खेलमा रोहितले निर्धारित ९० मिनेट नै मैदानमा बिताएका थिए ।

हारसँगै ६ खेलबाट एक अंकमात्र जोडेको केडिरी तालिकाको पुछारमा छ । यस्तै, समान खेलबाट आठ अंक जोडेको पिएसएस स्लेमान आठौँ स्थानमा छ ।

प्रकाशित समय : १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु