global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि मंगलबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो ।

नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’मा बसेका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौला आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकसमेत रहेका छन् ।

प्रकाशित समय : १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु