global ime bank Long Banner Ad

गृहपृष्ठ बिमा रकमको लोभमा परेर आफ्नै गाडीमाथि आगजनी

बिमा रकमको लोभमा परेर आफ्नै गाडीमाथि आगजनी

बिमा रकमको लोभमा परेर आफ्नै गाडीमाथि आगजनी

दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी आफैँले चलाउँदै आएको टिप्परमा चालक र सहचालक मिलेर आगो लगाएका छन् ।

बिमा रकमको लोभमा परेर घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले आफैँले चलाउँदै आएको टिप्परमा आगो लगाएका हुन् । बिहान गाडीमा आगजनी भएको देखेपछि चालक र सहचालकलाई नियन्त्रणमा लिइएको काफ्लेले जानकारी दिएका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित समय : १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु