गृहपृष्ठ काश्मिरमा सवारी दुर्घटना, ९ पाकिस्तानी सैनिकको मृत्यु
काश्मिरमा सवारी दुर्घटना, ९ पाकिस्तानी सैनिकको मृत्यु
पाकिस्तान नियन्त्रित काश्मिरको बाग जिल्लामा आइतबार भएको सवारी दुर्घटनामा कम्तीमा नौ पाकिस्तानी सैनिकको मृत्यु भएकाे छ । जना घाइते भएको उद्धार सेवाले जानकारी दिएको छ ।
बाग जिल्लाको शुजा अबाद क्षेत्रनजिकै उनीहरू सवार गाडी गहिरो खाल्डोमा खस्दा दुर्घटना भएको बताइएकाे छ । दुर्घटनालगत्तै उद्धारकर्मी घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको पनि अधिकारीहरूले बताएका छन् । पाकिस्तानमा प्राय: सडक दुर्घटनाहरू गुणस्तरहीन सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाहीको कारण हुने गर्दछन् ।
भारी मनसुन वर्षाका कारण उत्तरी पाकिस्तानमा हालैका दिनहरूमा सडक दुर्घटनामा उल्लेखनीय वृद्धि भएको समाचारहरू सार्वजनिक भइरहेकाे छ ।
प्रकाशित समय : ०७:०४ बजे



















