गृहपृष्ठ कृष्ण र राधाको भेषमा बालबालिका (तस्बिरसहित)
कृष्ण र राधाको भेषमा बालबालिका (तस्बिरसहित)
भाद्र कृष्ण अष्टमीका दिन आज श्रीकृष्ण जन्माष्टमी पर्व भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइयाे ।
आजको दिन विशेषगरी महिलाहरू रातको १२ बजेसम्म व्रत बसेर श्रीकृष्णको सम्झनामा पूजा लगाउने र रातभर जागाराम बस्ने गर्दछन् । श्रीकृष्णको भक्तिमा भजन गाउँदै जाग्राम बसेमा श्रीकृष्ण प्रशन्न हुने धार्मिक विश्वास रहँदै आएको छ।
राजधानीको मुख्य तीर्थस्थल पशुपति क्षेत्रमा रहेका कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति छ । वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।
काठमाडौँ उपत्यकाका चोक, गल्ली एवं कुना–कुनामा रहेका कृष्ण मन्दिर, नारायण मन्दिर र लक्ष्मीनारायण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
तर, पछिलो समय श्रीकृष्ण जन्माष्टमी सामाजिक सञ्जालहरुमा पनि भाइरल बन्दै गइरहेको छ । अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई कृष्ण र राधाको भेषभूषामा सिँगार्दै श्रीकृष्ण जन्माष्टमी पर्व मनाउन थालेका छन् ।
तस्बिरहरु






प्रकाशित समय : १६:५० बजे



















