गृहपृष्ठ वैशाख १ मा ‘भगवत गीता’
वैशाख १ मा ‘भगवत गीता’
कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’को घोषणा गरिएको छ ।
सुहाना थापा मुख्य भूमिकामा रहने फिल्म नामसँगै सुहाना थापा प्रोडक्सनले आगामी वर्षको १ वैशाखलाई रिलिज मिति तोकेको छ ।
फिल्मकी निर्देशक झरना थापाले फेसबुकमार्फत् टाइटल टिजर र मिति सार्वजनिक गरेकी छन् ।
फिल्मका निर्मातामा सुनिलकुमार थापा रहने छन् । झरनाका अनुसार फिल्मका लागि सुहानाको जोडी खोजी भइरहेको छ । फिल्मले अन्तरजातीय प्रेमकथा बोल्ने छ ।
प्रकाशित समय : १३:३७ बजे



















