गृहपृष्ठ चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद
चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद
मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाँस्थित सीमाबाट बिहीबार सशस्त्र प्रहरीले करिब १ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रूपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाले बरामद गरेको हो ।
बरामद लत्ताकपडा बिराटनर भन्सार कार्यालय रानीमा बुझाइएको सशस्प प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १२:५१ बजे



















