शुक्रबार घट्यो सुनचाँदीको मूल्य
वि.सं.२०७९ भदौ ३ शुक्रवार ११:३५
shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ ।
बिहीबार ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला १ हजार १८५ रुपैयाँमा कारोबर भइरहेको छ ।
























