माओवादीको स्थायी कमिटी बैठक सुरु
वि.सं.२०७९ साउन ३१ मंगलवार १०:३४
shares

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान करिब साढे ८ बजेबाट सुरु भएको बैठक आगामी निर्वाचनमा केन्द्रित छ ।
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य र मोर्चाबन्दीबारे बैठकमा मुख्य गरी छलफल हुने बताइएको छ ।
यसका साथै आजको बैठकमा आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन लक्षित कार्यक्रम र नेताहरुको कार्यविभाजनबारे पनि छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।
























