प्रचण्ड-बाबुराम निर्वाचन आयोग जाँदै, एउटै चुनाव चिह्नबारे जानकारी गराउने
वि.सं.२०७९ साउन ३१ मंगलवार १०:२३
shares

प्रचण्ड नेकपा (माओवादी केन्द्र) र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आसन्न निर्वाचनमा एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने जानकारी आज निर्वाचन आयोगलाई गराउने भएको छ ।
आज दिउँसो १ बजे माओवादी केन्द्र र नेसपाका अध्यक्षद्वय निर्वाचन आयोग जाने तयारी छ । उनीहरु नगए पार्टीका नेताहरु निर्वाचन आयोगमा गएर एउटै चिह्न लिएर चुनावमा भाग लिने जानकारी गराउने माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
माओवादी केन्द्र र नेसपाबीच मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा एउटै चुनाव चिह्न र साझा घोषणा पत्र बनाएर भाग लिने सहमति भइसकेको छ । सहमतिअनुसार डा. भट्टराई नेतृत्वको नेसपाका उम्मेदवार माओवादी केन्द्रको गोलाकार भित्रको हसिया हथौडा चुनाव चिह्नमा प्रतिस्पर्धा गर्नेछन् ।
























