गृहपृष्ठ बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर पार्क एण्ड रिसोर्टमा छुट
बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर पार्क एण्ड रिसोर्टमा छुट
बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच छुटसम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौता पश्चात् बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशतको छुट पाउनेछन् ।
उक्त छुटको उपयोग गर्नका लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ ।
मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोटले बाँकेको नेपालगञ्जबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय : १८:१२ बजे


















