global ime bank Long Banner Ad

गृहपृष्ठ तिजको अवसरमा सानिमा बैंकको कोसेली

तिजको अवसरमा सानिमा बैंकको कोसेली

तिजको अवसरमा सानिमा बैंकको कोसेली

सानिमा बैंकले हरितालिका तिजको अवसरमा सम्पूर्ण नारीहरूका लागि तिजको कोसेली योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरूलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, युएसडी ई–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने छ । साथैै, लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

यसैगरी पहिलो पिओएस कारोबारमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन् ।

यो योजना २०७९ भदौ १ देखि १५ गतेसम्म लागु हुने छ । साथै, क्यासब्याक योजना २०७९ भदौ मसान्तसम्म लागु हुने छ ।

सानिमा बैंकको देशभर १२७ वटा कार्यालय तथा १२० वटा एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय : १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु