गृहपृष्ठ राष्ट्र बैंकले भन्यो- क्रिप्टोकरेन्सी र नेटवर्किङ गैरकानुनी, कारोबार नगर्नू
राष्ट्र बैंकले भन्यो- क्रिप्टोकरेन्सी र नेटवर्किङ गैरकानुनी, कारोबार नगर्नू
नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा हाइपरफण्डको कारोबार गैरकानुनी भएको भन्दै त्यस्तो कारोबार नगर्न/नगराउन चौथो पटक सूचना जारी गरेको छ ।
पछिल्लो समय नेपालमा क्रिप्टो कारोबार बढेको जानकारी आउन थालेपछि केन्द्रीय बैंकलाई यो नियन्त्रण गर्न टाउको दुखाइको विषय बनेको छ ।
सोमबार केन्द्रीय बैंकको विदेशी विनिमय विभागले सूचना जारी गर्दै भर्चुअल करेन्सी र क्रिप्टोले नेपालमा कानुनी मान्यता नपाएको, यसको जमानत नेपाल सरकार नभएको र कुनै पनि सुरक्षण नभएकाले जोखिममा नफस्न भनेको छ । यस्तो गरेको पाइए कारबाही गर्ने चेतावनी पनि बैंकले दिएको छ ।
सूचना :

प्रकाशित समय : १७:३६ बजे



















