काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चन्द्रागिरि नगरपालिकामा ‘आईएमई पे’को विद्युतीय कर भुक्तानी सेवा सुरू

11.09K
shares

चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा सुरु भएको छ ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घाटन गरेका हुन् । यस सेवामार्फत चन्द्रागिरि नगरबासीहरुले घर-बहाल कर, सम्पत्ति कर तथा व्यवसायिक कर सजिलै अनलाईनमा आइएमई पे मार्फत तिर्न सक्नेछन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई डिजिटल सोलुसनका निमित्त प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराईले स्थानीय तहको सरकारसँग जोडिएर डिजिटाइजेसनलाई प्रवर्द्धन गर्न पाउनु आफू र आफू सम्बद्ध कम्पनीका लागि एक उपलब्धि रहेको विश्वास व्यक्त गरे ।

नगरबासीहरुलाई राजस्व कर तिर्न अझै सहज हुने बताउँदै अधिकृत भट्टराइले आगामी दिनमा चन्द्रागिरि नगरपालिकासँगको सहकार्य अझै बढ्दै जाने विश्वास व्यक्त गरे ।

प्रयोगकर्ताहरुले आइएमई पे एपको होम पेजमा रहेको ‘गभरमेन्ट’मा गई ‘लोकल गभरमेन्ट’ रोजी ‘चन्द्रागिरि नगरपालिका’मार्फत आफ्नो कर तिर्न सक्ने कम्पनीले जनाएको छ ।