global ime bank Long Banner Ad

गृहपृष्ठ प्रहरी कर्मचारीको सरूवा, बढुवा, कार्यसम्पादन मूल्यांकन पारदर्शी हुन्छ : महानिरीक्षक सिंह

प्रहरी कर्मचारीको सरूवा, बढुवा, कार्यसम्पादन मूल्यांकन पारदर्शी हुन्छ : महानिरीक्षक सिंह

प्रहरी कर्मचारीको सरूवा, बढुवा, कार्यसम्पादन मूल्यांकन पारदर्शी हुन्छ : महानिरीक्षक सिंह

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रचलित कानुनको अधिनमा रही नेपाल सरकार र प्रहरी संगठनको नीति तथा उद्देश्यअनुरूप प्रभावकारीरूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन् ।

आफ्नो कार्यकालको सय दिन पुगेका अवसरमा आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै महानिरीक्षक सिंहले प्रहरी कर्मचारीको सरूवा, बढुवा, कार्यसम्पादन मूल्यांकनलगायतका हरेक काम संगठनको प्रणालीअनुरूप पारदर्शीरूपमा भएको प्रष्ट्याए ।

सांगठनिक सुधारका लागि आठ लक्ष्यसहित कार्ययोजना, २०७९ लागु गरेको जानकारी गराउँदै उनले मिटरब्याजी, तस्करी, वित्तीय अपराध, सीमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, जबर्जस्ती करणीलगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

प्रहरी संगठनको श्रीवृद्धि तथा सुदृढीकरणका लागि आगामी दिनमा समेत सञ्चारजगतबाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उनले बताए । महानिरीक्षक सिंहले आफ्नो कामको सिलसिलामा प्रहरी कर्मचारीले कुनै पनि किसिमको दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्ने बताए । कानुनभन्दा कोही पनि माथि नभएको भन्दै प्रहरी कर्मचारी प्रहरी आचरण तथा व्यावसायिकताभन्दा बाहिर गएमा कारबाही गरिने उनले बताए ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले एकै चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीका कर्मचारीले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गरे । उनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई समेत शान्तिपूर्ण तवरले सम्पन्न गर्नका लागि प्रारम्भिक चरणका कार्यसमेत थालनी भइसकेको जानकारी दिए ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले आर्थिक वर्ष २०७७÷०७८ र गत आर्थिक वर्ष २०७८÷०७९ को पहिलो तीन महिनाको तुलनात्मक अपराध तथ्यांक, नेपाल प्रहरी कार्ययोजना २०७९ एवं प्रहरी महानिरीक्षकको १०० कार्य दिनमा गरिएका नीतिगत कार्य तथा सुधारका कार्यक्रम, अपराध अनुसन्धान, प्रविधिको प्रयोग, प्रहरी कार्य, विपद् उद्धार, समन्वय र सहयोग, मानवस्रोत विकास, प्रहरी प्रशासन, भौतिक पूर्वाधार, नेपाल प्रहरी अस्पताल तथा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा प्रहरीको सहभागितासम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित समय : २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु