global ime bank Long Banner Ad

गृहपृष्ठ सत्ता गठबन्धनको अर्को बैठक साउन ३० मा, के-के भयो आज छलफल ?

सत्ता गठबन्धनको अर्को बैठक साउन ३० मा, के-के भयो आज छलफल ?

सत्ता गठबन्धनको अर्को बैठक साउन ३० मा, के-के भयो आज छलफल ? सिट बाँडफाँड कार्यदल । फाइल तस्बिर

सत्ता गठबन्धनको कार्यदल बैठक सकिएकाे छ । बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका लागि सहमतिको मोडालिटीबारे सकारात्मक छलफल भएको बताइएकाे छ ।

बैठक बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियाे । कार्यदलका सदस्य देव गुरुङका अनुसार सिट बाँडफाँटको सहमतिका लागि मोडालिटी बनाउनेबारे आज छलफल भएको हाे । ‘छलफल सकारात्मक भएको छ । आज छलफल भएको विषयमा पाँच दलले आ-आफ्नो पार्टीभित्र पनि छलफल गर्छ,’ उनले भने ।

विगतमा दलहरूले पाएकाे मतलाई आधार बनाएर सिट बाँडफाँट गर्ने मोडालिटीबारे पनि छलफल गरिएको सदस्य गुरूङले बताए । कार्यदलको अर्को बैठक साउन ३० गते बस्ने सहमति भएकाे पनि उनले बताए ।

प्रकाशित समय : १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु