गृहपृष्ठ एनएमबी बैंकले आइएफसीबाट भित्रायो २ करोड ५० लाख डलर कर्जा
एनएमबी बैंकले आइएफसीबाट भित्रायो २ करोड ५० लाख डलर कर्जा
एनएमबी बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कपोरेशन (आइएफसी)बाट आवधिक कर्जा २ करोड ५० लाख डलर भित्र्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आइएफसीका दक्षिण एशिया क्षेत्रीय निर्देशक हेक्टर गोमेजबीच बिहीबार समझदारी आदान-प्रदान भएको छ ।
यो कर्जाले हालको असहज परिवेशमा उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने विश्वास लिइएकाे छ । एनएमबी बैंक चार वर्षको अवधिमा लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एक मात्र बैंक भएको छ । यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड-१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको छ ।
एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लण्डनको द ब्यांकर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’समेत प्राप्त गरिसकेको छ ।
एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय : १८:२० बजे



















