गृहपृष्ठ सर्लाहीको सीमावर्ती क्षेत्रमा झडप : सशस्त्र प्रहरीको गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु
सर्लाहीको सीमावर्ती क्षेत्रमा झडप : सशस्त्र प्रहरीको गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु
सर्लाहीको सीमावर्ती भारतीय नागरिक र सशस्त्र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
सीमावर्ती क्षेत्रमा नेपालतर्फ आएका भारतीय नागरिकलाई रोक्न खोज्दा सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि सशस्त्र प्रहरीले फायर गरेको थियो । जसमा एक जनाको मृत्यु र ३ जना घाइते भएका छन् ।
सर्लाहीको पर्सा गाउँपालिका ३ स्थित नारायणपुरस्थित सीमा क्षेत्रमा सशस्त्र सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा एक जना भारतीय नागरिकको ज्यान गएको बताइएको छ ।
प्रकाशित समय : १९:०१ बजे


















