गृहपृष्ठ नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा शुक्रबार भारतीय नागरिक मनोज प्रभाकर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय स्टार अल राउण्डर प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यसअघि मुख्य प्रशिक्षक पुवुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम कोचविहीन थियो ।

प्रभाकरले रणजी ट्रफीसहित भारतीय राष्ट्रिय टिमबाट ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका छन् । यस्तै, उनले अफगानिस्तान क्रिकेट टिमसहित रणजी ट्रफिमा दिल्ली, राजस्थान र युपी क्रिकेट संघमा काम गरिसकेको अनुभव छ ।

नियुक्ति भएसँगै प्रभाकरले भने, ‘नेपाली क्रिकेटसँग काम गर्न इच्छुक छु । जहाँ क्षमतावान् र प्रभावशाली खेलाडी छन् ।’

प्रकाशित समय : २०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु