global ime bank Long Banner Ad

गृहपृष्ठ दुई महिनामै थपिए कञ्चपुरमा नौ हजार बढी मतदाता

दुई महिनामै थपिए कञ्चपुरमा नौ हजार बढी मतदाता

दुई महिनामै थपिए कञ्चपुरमा नौ हजार बढी मतदाता

कञ्चनपुरमा नौ हजार आठ सय २८ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले असार महिनादेखि साउनको १९ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय त्रिभुवनबस्ती र जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताए । उनका अनुसार नयाँ थप भएका मतदातामा महिला चार हजार नौ सय ६६ र पुरुष मतदाता चार हजार आठ सय ६२ रहेका छन ।

यसअघि जिल्लामा दुई लाख ९५ हजार तीन सय ५४ कूल मतदाता रहेका थिए । थप नयाँ सहित मतदाता संख्या तीन लाख पाँच हजार एक सय ८२ पुगेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली संकलनको कार्य स्थगित गरिएको छ । अधिकृत जोशीले भने, ‘केही दिनभित्रै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्छौँ । यसमा नाम सच्याउने, ठेगाना सार्ने, मृत्यु भएका मतदाताको नामावली हटाउनेलगायतका कार्य हुने छन् ।’

प्रकाशित समय : १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु