गृहपृष्ठ हुण्डीमार्फत् कारोबार गरेको अभियोगमा मुद्दा दायर

हुण्डीमार्फत् कारोबार गरेको अभियोगमा मुद्दा दायर

हुण्डीमार्फत् कारोबार गरेको अभियोगमा मुद्दा दायर

राजस्व अनुसन्धान विभागले गैरकानूनीरुपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार नुवाकोट ककनी–३ का नवराज ढुंगाना र फणिन्द्र प्रसाद ढुंगाना, भिरकोटगढी–११ नुवाकोटका सुवासजंग पाण्डे र नुवाकोट ककनी स्थायी घर भई जापानमा रहेका प्रज्ज्वल ढुंगाना विरुद्ध आज मुद्दा दायर गरिएको हो ।

केही समय पहिले प्रहरीले नवराज ढुंगानालाई स्रोत नखुलेको ६९ लाख ९९ हजार बराबरको रकमसहित पक्राउ गरेको थियो । उनले पैसाको स्रोत खुलाएका थिएनन् । सोही आधारमा अध्ययन गर्दै जाँदा प्रहरी अवैध हुण्डी कारोबार भएको निष्कर्ष निकालेको थियो । विभागले बिगोबमोजिमको रकम जफत गरी दोषीमाथि कानुनअनुसार कारवाही गरिपाउँ भन्दै मुद्दा दायर गरेको हो ।

प्रकाशित समय : १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु