गृहपृष्ठ यी प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना
यी प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना
आज सोमबार प्रदेश १ र बागमती प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । विभागका अनुसार सोमबार दिउँसो प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी, राति प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । अहिले बिहान प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेकको छ । कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेकाे छ ।
प्रकाशित समय : ०६:३० बजे


















