global ime bank Long Banner Ad

गृहपृष्ठ विदेश गएका खेलाडीहरुलाई म दोष दिन सक्दिनँ : अल्मुताइरी

विदेश गएका खेलाडीहरुलाई म दोष दिन सक्दिनँ : अल्मुताइरी

विदेश गएका खेलाडीहरुलाई म दोष दिन सक्दिनँ : अल्मुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सम्बन्धित पक्षलाई अनुरोध गरेका छन् ।

प्रशिक्षक अल्मुताइरीले शनिबार सामाजिक सञ्जालमा एक खेल लेख्दै नेपाली खेकुदको भविष्य जोगाउन नेपाल सरकार, खेलकुदमन्त्री, खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र महासंघलाई अनुरोध गरेका हुन् ।

अल्मुताइरीले पछिल्लो समय नेपाली खेलाडीको बढ्दो विदेश पलायनको सन्दर्भलाई जोड्दै नेपाली खेलकुदको भविष्य जोगाउन सम्बन्धित पक्षकोको ध्यानाकर्षण गराएका हुन् । ‘आफ्नो भविष्य राम्रो बनाउन नेपाल छाडेर विदेश गएका खेलाडीहरुलाई म दोष दिन सक्दिनँ । नेपाली खेलकुदको भविष्य जोगाउन केही गर्न सरकारलाई विनम्र अनुरोध गर्दछु । नेपाली खेलकुदको भविष्य जोगाउनको लागि ५ देखि ७ जनासम्मको टोली मिलेर तुरुन्तै रोडम्याप बनाउन खेलकुदमन्त्री, खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र महासंघलाई विनम्र अनुरोध गर्दछु,’ अल्मुताइरीले फेसबुकमा लेखेका छन् ।

प्रकाशित समय : १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु