काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सांग्रिला बैंकको नाफा बढेसँगै बढ्यो प्रतिसेयर आम्दानी

9.7K
shares

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ५९ करोड ५८ लाख १५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव २०७७/०७८ को तुलनामा ४५.२९ प्रतिशतले बढाएको हो ।

बैंकले अघिल्लो आवमा ४१ करोड ८० लाख मुनाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी ४४.८८ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ८० लाख पुग्दा सम्भावित कर्जा नोक्सानी वापतको व्यवस्थाको प्रोभिजन रकम २३ करोड ६१ लाखबाट २ करोड ५४ लाखमा झरेको छ ।

जसले गर्दा बैंकको सञ्चालन मुनाफा पनि उल्लेख्य बढेको छ । बैंकको सञ्चालन मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.६९ प्रतिशतले वृद्धि भएर ८६ करोड ४६ लाख २ हजार पुगेको छ ।

बैंकले गत असार मसान्तसम्म ४८ करोड ७७ लाख ५४ हजार निक्षेप संकलन गरेर ४० अर्ब ८४ करोड २५ लाख कर्जा लगानी गरेको हो । बैंकको निक्षेप र कर्जा क्रमश ४१ अर्ब ७९ करोड ७४ लाखबाट १६.६९ प्रतिशत र ३३ अर्ब ४ करोड ४७ लाखबाट २३.६० प्रतिशतले बढेको हो ।