global ime bank Long Banner Ad

गृहपृष्ठ कुमारी जबमा रजिस्टर गरे जिमको सदस्यतामा छुट पाइने

कुमारी जबमा रजिस्टर गरे जिमको सदस्यतामा छुट पाइने

कुमारी जबमा रजिस्टर गरे जिमको सदस्यतामा छुट पाइने

कुमारी जबमार्फत जागिरको लागि नाम दर्ता गरे अल्टिमेट लिफ्टिङ क्लबबाट जिममा विशेष छुट पाइने गरि सम्झौता गरिएको छ ।

कुमारी जबका कर्मचारीहरु पनि यो सम्झौताबाट लाभान्वित हुनेछन् । ‘व्यायामले हाम्रो तनाव कम गर्न तथा हाम्रो कार्यक्षमता र उत्पादकत्व बढाउन मद्दत गर्छ । कर्मचारीहरुको शारीरिक स्वास्थ्य अवस्था र उनीहरुको काम प्रतिको लगाव एक आपसमा प्रत्यक्ष रुपमा सम्बन्धित छन्’ कुमारी जबका म्यानेजिङ डाइरेक्टर सन्देश भण्डारीले भने’, ‘हाम्रो संस्था अथवा वेबसाइट मार्फत आउनुहुने उम्मेदवारहरू एवम हाम्रा कर्मचारीहरुको स्वास्थ्यको लागि यो सम्झौता गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ ।’

काठमाडौंको तीनकुने सुविधानगरस्थित उक्त अल्टिमेट लिफ्टिङ क्लबको सेवा सुविधाहरुबाट लाभ लिनको लागि इच्छुक व्यक्तिहरुले वेबसाइट अथवा तीनकुनेस्थित कुमारी जबको कार्यालयमै गएर रोजगारीको लागि दर्ता गर्न सक्नेछन् ।

यसरी वेबसाइटमा अथवा कार्यालयमै गएर दर्ता गरे वापत कुनै शुल्क लाग्ने छैन ।

कुमारी जबले निःशुल्क रुपमा योग्यता अनुसारको रोजगारी प्रदान गर्दै आइरहेको छ र यसबाट रोजगारीको लागि दर्ता गर्दा, आवेदन दिँदा एवम रोजगारी पाइसकेपछि पनि कुनै शुल्क नलाग्ने कम्पनीको भनाइ छ ।

प्रकाशित समय : १०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु